×

Nepali Community

राजनीतिक स्थिरता र कांग्रेसको एकताका लागि सभापतिमा देउवा दोहोरिने गृहमन्त्री बालकृष्ण खाणको भनाई


काठमाडौं । मंसिर २३ गते
पार्टी सभापतिमा फेरि शेरबहादुर देउवा नै दोहोरिने नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले बताउनु भएको छ । कांग्रेसको १४ औं महाधिवेशनको सिलसिलामा केन्द्रीय कार्यालय सानेपा पुग्नु भएका गृहमन्त्री खाणले राजनीतिक स्थिरता र एकता का लागि देउवाको नेतृत्व आवश्यक रहेको बताउनु भएको हो ।

गृहमन्त्री खाणले भोलि सुरु हुने महाधिशेवनमा आफू महामन्त्रीको दाबेदार रहेको देउवालाई बताइसक्नु भएको छ । कांग्रेसको विधान अनुसार महाधिवेशनबाट दुईजनामात्रै महामन्त्री निर्वाचित हुन सक्छन्। तर, संस्थापन समुहमा नै महामन्त्रीका आकांक्षी धेरै हुँदा सबैलाई मिलाउन देउवालाई सकस परेको छ।


More

View All

News

Health

Sports