×

Nepali Community

सीडीएस विपीन रावतको अन्त्येष्टिमा सहभागी हुन बलाधिकृत रथी कार्की भारत जाने


काठमाडौं । मंसिर २३ गते
नेपाली सेनाका तर्फबाट बलाधिकृत रथी बालकृष्ण कार्की भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको अन्त्येष्टिमा सहभागी हुन भारत जाने भएका छन्।सीडीएस रावतको शुक्रबार भारतको नयाँ दिल्लीमा अन्त्येष्टि गरिने भएको छ।

नेपाली सेनाका अनुसार रावतको अन्तिम सम्मानमा सहभागी हुन नेपाली सेनाको प्रतिनिधित्व गर्दै बलाधिकृत रथी कार्की त्यहाँ जान लागेका हुन्।शुक्रबार भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा विपीन राउत, उनकी पत्नीसहित १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो ।


More

View All

News

Health

Sports