×

Nepali Community

अबको कांग्रेस नयाँ र पुराना दुवैको समीकरण चल्ने रामहरि खतिवडाको तर्क


काठमाडौं । मंसिर २३ गते
रामहरि खतिवडाले अबको कांग्रेस नयाँ र पुराना दुवैको समीकरण चल्ने भन्दै ‘नयाँ पुस्ताले क्याबात कांग्रेस र पुराना पुस्ताले स्याबास कांग्रेस’ भन्ने पार्टी बनाउन आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताउनुभएको छ ।कांग्रेसको १४औं महाधिवेशन नीतिभन्दा पनि नेतृत्वमा केन्द्रित हुने उहाँको भनाइ छ ।

प्रत्येक महाधिवेशनमा गाउँबाट चुनाव जित्दै आउने गरेको भए पनि अहिलेसम्म पार्टीमा काम गर्ने कुनै अवसर प्राप्त नभएकाले अब पार्टीको केही जिम्मेवारी सम्हालेर संगठनलाई नयाँ पुस्तासँग जोड्नका लागि केन्द्रीय कार्यसमितिमा आउन लागेको कांग्रेस नेता खतिवडाको कथन छ ।

 


More

View All

News

Health

Sports