×

Nepali Community

पौडेल पक्षका केन्द्रीय सदस्यको बैठक आज बस्दै


काठमाडौं । मंसिर २३ गते
आज बिहान ८ बजे आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवारबारे निर्णय गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यको बैठक बस्दै छ।

बत्तिसपुतलीमा बस्ने बैठकले साझा धारणा तय गर्ने र सोही अनुरुप शीर्ष नेतालाई दबाब दिने जनाइएको छ।

बैठकबाट निस्किएको निचोडबारे थप छलफल गर्न उक्त पक्षबाट सभापतिका दाबेदार चारैजना १० बजे बैठकमा पुग्ने एक नेताले बताए। उक्त समूहले सभापतिको साझा उम्मेदवार तय गर्न मंगलबारदेखि रस्साकस्सी गरेपछि हालसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन।


More

View All

News

Health

Sports