काठमाडौं । मंसिर २३ गते
नेविसंघका अध्यक्ष राजीव ढुंगानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । अध्यक्ष ढुंगानाले पत्रकार सम्मेलन गरेर यसपालि आफू पार्टी केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताउनु भएको छ ।
अध्यक्ष ढुंगानाले नेविसंघका आफूसहित धेरै नेता पार्टी राजनीतितर्फ गएकोले नेविसंघमा राजीनामा दिनेबारे सामूहिक छलफलबाट निर्णय गर्ने पनि बताउनु भएको छ । अध्यक्ष ढुंगाना सभापति शेरबहादुर देउवानिकट हुनुहुन्छ ।
पार्टीमा अब युवाहरू आउनुपर्ने अध्यक्ष ढुंगानाको भनाई छ । कांग्रेसलाई रूपान्तरण गरी १०–१२ लाख मतदाता आकर्षित गर्नुपर्ने उहाँले जिकिर गर्नु भएको छ । त्यसका लागि युवालाई पार्टीमा उचित भूमिका दिनुपर्नेमा उहाँको जोड छ । अध्यक्ष ढुंगानाले राष्ट्रियता र जनजिविकाका पक्षमा कांग्रेस खरो ढंगले उत्रनुपर्ने बताउँनु भएको छ ।