×

Nepali Community

भारतीय रक्षामन्त्रीले हेलीकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिर्दै


काठमाडौं । मंसिर २३ गते
आज भारतीय रक्षा प्रमुख सवार हेलीकप्टर दुर्घटनाबारे संसदमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले जानकारी दिने भएका छन् ।भारतीय रक्षा प्रमुख विपिन रावतसहित १३ जना सवार हेलीकप्टर दुर्घटनामा परी निधन भएपछि रक्षामन्त्रीले संसदलाई जानकारी दिन लागेका हुन् ।

सेनाध्यक्ष रावतको शब आज साँझसम्म दिल्ली ल्याउने तयारी रहेको छ ।उनको अन्तिम शंस्कार भोलि गरिने जनाइएको छ ।

सेनाध्यक्ष रावतसहित १३ जनाको भएको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, सेनाका अधिकारी तथा पूर्व अधिकारीहरुले समेत दुख व्यक्त गरेका छन् ।
साथै रावतको निधनमा भारतको उत्तराखण्डमा राजकिय शोकको घोषणा गरिएको छ ।


More

View All

News

Health

Sports