काठमाडौं । मंसिर २३ गते
आज नेपाली कांग्रेस महाधिवेशनको मुखमा कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संघारमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको होा ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११.३० मा केन्द्रीय समिति बैठक बस्नेछ।बैठक मुख्यगरी शुक्रबारदेखि काठमाडौंमा हुने पार्टीको महाधिवेशन तयारीबारे छलफलमा केन्द्रित रहने छ। कांग्रेसमा सहमहामन्त्री थप गर्नेबारे पनि आज छलफल हुने छ ।
नेता व्यवस्थापनका लागि सहमहामन्त्री कम्तीमा दुई जना थप गर्नेबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले माग गरिरहेका छन्।कांग्रेस विधानअनुसार आठ जना सहमहामन्त्री रहने व्यवस्था छ। तर खुलातर्फ सहमहामन्त्री एक जना पनि नभएकोले कम्तीमा २ जना खुलातर्फ सहमहामन्त्री पद राखिनुपर्ने माग भइरहेका छन्।