×

Nepali Community

प्रदेश नं १ को पहाडी भूभागमा हल्का वर्षाको सम्भावना–मौसम पूर्वानुमान महाशाखा


काठमाडौं । मंसिर २३ गते
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानैदेखि देशका पहाडी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज दिउँसो प्रदेश नं १ को भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ भने बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी राति प्रदेश नं १ र प्रदेश नं २ को भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


More

View All

News

Health

Sports