काठमाडौं । मंसिर १६ गते
टेकेन्द्र कार्की द्वारा निर्देशित बेहुली टेलिचलचित्र भाग –१५ सोमबार सार्वजनिक गरिएको छ । समाजमा घटिरहेका नारीका यथार्थ घटना, उनीहरुका भोगाई र बेदनालाई बेहुली टेलिचलचित्र उतार्ने प्रयास गरेको प्रस्तुतकर्ता कमल योञ्जन तामाङको भनाई छ ।
नारीको दुख,पिडा बेदनालाई समेटेर बनाईएको उक्त टेलिचलचित्रलाई दर्शकले निकै रुचाएका छन् । पुजा शाहीको कथा रहेको उक्त टेलिचलचित्रको लेखक तथा निर्देशन टेकेन्द्र कार्कीले गर्नु भएको छ, भने निर्माता सविना मगर, सह–निर्माता पुजा शाही, कार्यकारी निर्माता राजु श्रेष्ठ रहेको छ ।
कमल योञ्जनको प्रस्तुती रहेको टेलिचलचित्र बेहुली प्रत्येक सोमबार सांझ ६:३० बजे ओमकार टेलिभिजनमा र ५ बजे मा रोमान्टिक नेपाल नामक युटुब च्यानलमा प्रसारण गरिने छ । उक्त टेलिचलचित्रमा केही समय अघि सामाजिक सञ्जालमा भाईरल भएकी सृष्टि तामाङलाई बेहुलीको मुख्य भुमिका र कमल योञ्जन तामाङले बेहुलाको मुख्य भुमिका निभाउनु भएको छ, भने भाग १५ बाट केहि समय अगाडी सामाजिक संजालमा भाईरल भएकी रबिना बादीको पनि अभिनय हेर्न पाईने छ ।
आदित्य लामाको श्रृङ्गार रहेको टेलिचलचित्र बेहुलीमा वरिष्ठ कलाकार डोमा ह्योल्मो, संगम भण्डारी , दावा शेर्पा, हरि उदासी, राजेन्द्र गिरी (गुन्द्रूके) ज्ञान कुमार कट्टेल, राजु वाईवा (वाईवा डन)को अभिनय रहेको छ भने अन्य कलाकारहरु राम चन्द्र (हिरो)राई, सविता भट्टराई, पुजा शाही, संतोष पराजुली, दिपेन तामाङ, राजु श्रेष्ठ, लोक बहादुर तामाङ, रेखा थापा, ममता श्रेष्ठ, मनिषा कार्की रहनु भएको छ ।
भिडियो हेर्न यहां क्लिक गर्नुहोस्