काठमाडौं । मंसिर १६ गते
मालेका महासचिव सीपी मैनाली राप्रपामा आए स्वागत गरिने पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का संस्थापक नेता लोकेन्द्रबहादुर चन्दलेबताउनु भएको छ ।नेता चन्दले काठमाण्डौमा पार्टीको एकता महाधिवेशन उद्घाटनका क्रममा बुधवार यस्तो बताउनु भएको हो ।
यसअघि यही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मैनालीलाई राप्रपाको अध्यक्ष बन्न आउनुभएको हो कि भन्दै कटाक्ष गर्नुभएको थियो ।त्यस्तो जवाफमा नेता चन्दले मैनाली आफ्नो पार्टीमा आए स्वागत गरिने बताउनुभएको हो । आजदेखि सुरु भएको राप्रपाको एकता महाधिवेशन पर्सि शुक्रवारसम्म चल्नेछ ।