काठमाडौं । मंसिर १६ गते
अछामको विकासका लागि प्रतिबद्ध रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेल्लेख गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्न अछाम पुगेका भट्टले अछाम जिल्लाको विकास निर्माण कार्यलाई प्रमुख प्राथमिकता दिएको बताउनु भएको छ ।
साँफेबगरदेखि मेल्लेख जोड्ने सडकलाई अघि बढाउने आश्वासन दिनु भएको छ । अछामका अधुरा विकास विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने उहाँले बताउनु भएको छ । अर्को प्रसंगमा बोल्दै देशलाई समग्र रूपमा परिवर्तन गर्न चाहने, यसको श्रेय माओवादी केन्द्रले गरेको, दश बर्से जनयुद्धलाई जाने र आफ्नो घरको नजिक जनताले सरकार पाएको, यो देन नेकपा माओवादी केन्द्रको रहेको बताउनु भएको छ ।
क्रान्तिकारी विचार सुदृढ सङ्गठित र समृद्ध समाजको महाअभियान, समाजवादी क्रान्तिका लागि माओवादी केन्द्रको मेल्लेख गाउँपालिका अधिवेशन भन्ने मूल नाराका साथ प्रथम अधिवेशन सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य तरामान स्वाँर विशिष्ट अतिथि रहेका थिए ।