×

Nepali Community

वाग्मती प्रदेशको सदस्यमा उम्मेदवारी दिने खिला सापकोटाले गरे घोषणा


काठमाडौं । मंसिर १६ गते

आगामी मंसिर १८ र १९ गते हुने नेपाली काँग्रेसको प्रदेश अधिवेशनका लागि आकांक्षीहरू प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । प्रदेश पदाधिकारीदेखि सदस्यसम्मका लागि बिभिन्न व्यक्तिहरुले समाचार तथा सामाजिक सन्जालबाट आफ्नो उम्मेदवारीको दावी तथा उम्मेदवारी दिनेगरिरहेका छन् ।

देशको राजधानीसमेत रहेको वाग्मती प्रदेशको सदस्यका  लागि प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रिय सदस्य तथा काठमाडौँ क्षेत्र नं ४ युवानेता खिला सापकोटाले उम्मेदवारी दिने  बताएका छन् । शिक्षण एवम् प्राध्यापन क्षेत्रमा सक्रिय सापकोटा हालै भएको काठमाडौँ क्षेत्र नं ख निर्वाचन क्षेत्र प्रदेश अधिवेशनबाट  सर्वसम्मतरूपमा वाग्मती प्रदेश महाधिवेशन प्रतिनिधि  भएका थिए ।

 

सापकोटा त्रिभुवन विश्वविद्यालय आरआर कलेजको ग्रामीण विकास विभागको विभाग प्रमुख हुन् भने नेपाली काँग्रेस यसअघि ओखलढुंगा जिल्ला कमिटि सदस्यसमेत रहेर काम गरिसकेका छन् ।

 

 


More

View All

News

Health

Sports