काठमाडौं । मंसिर १६ गते
पारिजातको फुलको नाम नसुनेको मान्छे साएद बिरलै होलान् तर यसका फाईदा र बेफाइदाका बारेमा थाहा कमैलाई होला । पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् ।पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।बैज्ञानिक नाम निक्टान्थस भनिन्छ यसको अर्थ निशा पुष्प हो।
पारिजातको फूल अर्थात् अंग्रेजीमा यसलाई नाइट जस्मिन् भन्ने गरिन्छ । पौराणिक मान्यत अनुसार पारिजातको वृक्ष स्वर्गबाट धर्तीमा ल्याइएको थियो । नरकासुर दैत्यको वध गरेपछि एक पटक भगवान श्रीकृष्ण स्वर्गमा गएका थिए ।
त्यहाँ ईन्द्रले भगवानलाई पारिजातको फूलले स्वागत गर्दै आरती उतारेका थिए ।त्यहि फूल भगवानले देवी रुक्मिणीलाई दिए । देवी सत्यभामालाई देवलोकमा देवमता अदितीले चिरयौवनको आशिर्वाद दिएकी थिइन् ।त्यहि बेला नारद मुनी त्यहाँ आए र उक्त फूलको प्रभावले देवी रुक्मिणी पनि चिरयौवन भएको कुरा बताए ।
त्यो थाहा पाएपछि सत्यभामा क्रोधित भएर श्रीकृष्णसँग पारिजात आफूलाई दिन जिद्दी गर्न थालिन् । भनिन्छ पारिजात वृक्ष समुन्द्र मन्थन गर्दा उत्पत्ति भएको थियो ।आज हामी पारिजातका बारेमा ५ चमत्कारि फाइदाहरु बारे तल उल्लेख गरिएको छ ।
पारीजातको फूलले तपाईको जीवनमा तनाव हटाउने काम गर्दछ । र त्यसको वास्नाले नै मनमा खुशी ल्याउँदछ । साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।
पारिजातको यो फूल मात्र राति नै फुल्दछ । विहन हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।
हरिवंश पुराण्मा उल्लेख भए अनुसार पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव छ ।
१५ देखि २० वटा फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने विश्वास रहेको छ । यो कुरा हामी होइन, आयुर्वेदिक डाक्टरहरुको भनाई छ । एजेन्सीको सहयोगमा
यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।