×

Nepali Community

वाट्फोर्डलाई इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको चेल्सीले उसकै मैदानमा हरायो


काठमाडौं । मंसिर १६ गते

वाट्फोर्डलाई इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको चेल्सीले उसकै मैदानमा हराएको छ। वाट्फोर्डलाई उसकै मैदानमा २–१ गोल अन्तरमा हराउँदै चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ।चेल्सीको जितमा मासन माउन्ट र हाकिम जियाले गोल गरेका थिए। घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काएका थिए। भिकारेज रोड वाट्फोर्डमा गए राति भएको खेलमा चेल्सीका लागि खेलको २९ औं मिनेटमा मासन माउन्टले गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए।

४३औं मिनेटमा इमानुयल डेनिसले गोल गर्दै पहिलो हाफमा खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। खेलको ७२औं मिनेटमा हाकिम जियाचले गोल गर्दै चेल्सीलाई स्पष्ट जित दिलाएका थिए ।यो जितसँगै शीर्षस्थानमा रहेको चेल्सीको १४ खेलबाट ३३ अंक पुगेको छ। चेल्सीले दोस्रो स्थानमा म्यानचेस्टर सिटीलाई एक तथा तेस्रोमा रहेको लिभरपुललाई २ अंकले पछि पारेको छ। पराजित वाट्फोर्ड १३ अंक जोडेर १७औं स्थानमा छ।

 


More

View All

News

Health

Sports