×

Nepali Community

कस्तो रहला आजको तपाईको दिन ?


काठमाडौं । मंसिर १६ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने वैदेशिक संस्थाबाट सहयोग पाइने तथा न्यायिक कार्यमा सफलता मिल्नुका साथै धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आफन्तसँग भेटघाट रहने योग रहेको छ भने स्वादिष्ट भोजनको अवसर मिल्ने तथा शुभ कार्यको योजना बन्नुका साथै नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज नयाँ कार्यको थालनी हुने योग रहेको छ भने साथी भाइको भेटघाटले मन प्रफुल्ल रहो तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनुका साथै भूमिबाट लाभ पनि रहला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज नयाँ काम वा रोजगार पाइने योग रहेको छ भने इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने परिवारमा सुख सन्तोष छाउने तथा चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनुका साथै वित्तिय संस्थाबाट सहयोग पाइने तथा मिष्ठान्न भोजन प्राप्ति होला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज श्रमको उचित मल्याङ्कन हुने योग रहेको छ भने पठनपाठनमा प्रगति हुने तथा मुद्दा मामिलामा विजयी प्राप्त हुनुका साथै कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शैक्षिक क्षेत्रबाट सफलता मिल्ने योग रहेको छ भने भाग्यले विभिन्न अवसर जुराउने तथा घरमा अतिथिको सेवा रहनुका साथै प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिएको छ भने पुँजी बजार भने ठिकै रहनुका साथै दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शेयर बजारबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज आफूलाई कमजोर भएको अनुभूति हुने योग रहेको छ भने अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुने तथा प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

 


More

View All

News

Health

Sports