×

Nepali Community

नेपालमा तामाङ् जातीको परिचय


काठमाडौं । मंसिर १६ गते
तामाङ नेपालको मध्यपहाडी क्षेत्रमा बिगत सदियौ शतााब्दी देखी नै बसोवास गर्ने मुलवासी समुदाय हो । जातियता अर्थात जाति भन्ने युएनको आइएलओ १६९ अनुसार कुनै पनि देशमा आदिम काल देखि बस्दै आइरहेका मुल जाति वा आफ्नै छुट्टै पहिचान भएका राष्ट्रलाई बुजाउदछ । अनुसार कुनै पनि देशमा आदिम काल देखि बस्दै आइरहेका मुल जाति वा आफ्नै छुट्टै पहिचान भएका राष्ट्रलाई बुजाउदछ । तेसैले तामाङ जाति एक छुट्टै भाषा, धर्म, लिपि र संस्कृति भएका नेपालका एक प्रमुख जाति वा राष्ट्र हो । तामाङ जाति धार्मिक दृष्टिकोणले मुलरूपमा महायानी बौद्ध धर्म अन्तरगत निङमा सम्प्रादयाका अनुयायी हुन । तर आदिम कालमा भने उनीहरू प्रकृति पुजक तथा प्रकृतिको नियमलाई आफ्नो आस्था मान्दथे । सातौं सताब्दीमा तिब्बतका धर्मराजा श्रङचन गोम्पाका पालामा तिब्बतमा बौद्ध धर्मको विस्तार हुनु भन्द अगाडि नै तामाङहरूले बौद्ध धर्म अपनाइसकेका थिए ।

नेपालमा तामाङ जातिको जनसङ्ख्या वि।सं। २०६८ सालको जनगणना अनुसार १५ लाख ३६ हजार ६ सय ८२ अर्थात ५।८ रहेको पाइन्छ । जातीको इतिहास इतिहासमा रचना गरिएका इतिहासकहरूले तामाङ जातिलाई यहीकाल खण्‍डमा, यही देश र प्रदेशबाट बर्तमान तामाङहरूको आदिम थलो रहेको भूभागहरू स‍म्म आएको किटानि गरेर कसैले भन्‍न सकेको वा प्रमाणीत गर्न सकेको छैन। तामाङहरू आफुलाई नेपालको भूमीपुत्र आदीवासी जाति भन्न रुचाउँछन् । नेपालमा तामाङ् जातीको मुख्य बसोबास नेपालको राजधानी काठमाण्डौ उपत्यकाका आसपासका केहि जिल्ला ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, धादिङ्ग,नुवाकोट र यससँग सिमाना जोडिएका दोलखा, रामेछाप, मकवानपुर, धनकुटा लगायत केहि अन्य ठाउँहरूमा तामाङहरूको बस्ती रहेको छ ।

 

 

यी जिल्लामा तामाङ जातिको बसोबास आवादी वहुसंख्यक रूपमा रहेको छ। बौद्ध धर्म अध्ययन गर्ने लामाहरु पहेंलो र रातो बस्त्र चिवर धारण गर्दछन् । तामाङ् जातीको भेषभुषको कुरा गर्दा बौद्ध धर्मावलम्बी अनुयायीहरू अथवा उपासाक उपासिकाले चही तामाङको मौलिक पोशाकहरू लगाउने गरिन्छ भने अन्य पोशाकलाई पनि अत्यन्तै आस्था र महत्त्व दिन्छन्।द्रष्टव्य ९ चिवर ०बौद्ध भिक्षुहरूले लगाउने वस्त्र हो । त्यस्तै तामाङ जाति बौद्ध धर्मावलम्बी भएकोले बुद्ध धर्म सङ्ग सम्बन्धित महोत्सव, पर्व र बौद्ध धर्मको चार महोत्सव ल्होछार , सिंगुन खास्योर ङ्या ९तेमाल जात्रा० , गोने ङ्या, दुगु ङ्या ९बुद्ध जयन्तु० , सोकराती ङ्या, बोइतापा ङ्या, लाई तामाङ् समुदायका बिभिन्न लोक बाजाहरूतामाङ जातिले डम्फू, टुङ्ना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ्, भाटेमादल, पली, पिहुङ आदि लोक बाजाहरू प्रयोग गरेर मनाउँने गर्छन् ।

तामाङ जाति नाम ९एन्थो नेम० शब्द हो । तामाङ जाति मुलरूपमा काठमाण्डौं उपत्यका लगायत वरिपरिका जिल्लाहरु काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, सिन्धुली, दोलखा, रामेछाप, रसुवा, नुवाकोट र धादिङमा बाहुल्यातापूर्वक बसोबास गरेको पाइन्छन । तर, बसाई सराइ तथा आप्रवासनको कारण नेपालको सबै जिल्लाहरु र भारतको पश्चिम बंगालको दोर्जेलिङ, कालेबुङ, खर्साङ, आसम, नागाल्यान्ड, मणिपुर, अरुणाचल लगायत भुटानसम्म फैलिएका छन ।तामाङ जातिले बोलिने भाषालाई तामाङ भाषा भन्दछन । यो चिनी९तिबाती भाषा महापरिवारको भोट बर्मेली परिवारको सदस्य भाषा हो । त्यस्तै तामाङ जातिको जन्मसंस्कारमा सबैभन्दा महत्त्वपूर्ण संस्कार छेवार हो । छोराहरूको मात्र छेवार गरिन्छ । छेवार ३ देखी ७ वर्षसम्म गरिन्छ ।

छेवरलाई मामामुखी संस्कार पनि भनिन्छ । मामाको अनुपस्थितिमा छेवार गर्न सकिंदैन र छेवार नभए अरू कर्म गर्न सकिंदैन । मामा नहुनेले नजिकको मामालाई मामा मानेर काम चलाइन्छ । मामाको हातबाट शुभसाइत वा लगन ठहर्याइ विशेष गरेर मामाको निर्देशन र सरसल्लाह अनुसार यो कार्य गरिन्छ । मामाको हातबाट केश मुण्डन गर्ने, वस्त्र दिने, टीका लगाउने र दक्षिणा दिने यो कार्यमा मामा, बाजे, बज्यै र मामाका सन्तानलाई सगुन लिएर मान्न जाने, निर्देशन लिने र विशेष सम्मान गरिन्छ । विशेष सम्मानका साथ खसी, राँगा, भैँसी, कुखुरा, रक्सी, रोटी लिएर सुगनसूत गर्ने र छेवरको दिन पन्चे बाजा तथा सेलो र डम्फू लिएर मामाहरूलाई स्वागत गरेर ल्याइन्छ र आसनमा बसालेर विधिपूर्वक मान्यमर्यादामा सम्मान गरिन्छ ।

साथै कार्य सकिए पछि भोज, नाचगान, भेला गराइन्छ र विदा हुने बेलामा मामाले भान्जालाई आर्शिवाद दिने र गच्छे अनुसार उपहार दिएर मामालाई विदा गरिन्छ । काटेको कपाल १५ दिनपछि लामाको हातले बुद्ध धर्मको शरणमा जाओस भन्दै कपालको ठुटो काटिन्छ । यस कार्यलाई भने “टाप्चे” भनिन्छ ।तामाङ जातिमा अन्य जातिमा जस्तै मृत्यु संस्कारलाई महत्त्वपुर्ण संस्कारको रूपमा लिएको पाइन्छ । यिनीहरु बौद्ध धर्मावलम्वी भएका हुनाले यिनीहरु पूर्वजन्म र पुनर्जन्ममा विश्वास गर्दछन् । मृत्यु पश्चात् आत्मालाई मोक्ष दिन बौद्ध धर्म ग्रन्थ अनुसार लामाको विधिले मृत्यु संस्कार कार्य सम्पन्न गरिन्छ ।


More

View All

News

Health

Sports