काठमाडौं । मंसिर १६ गते
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन अन्तर्गत बन्द सत्रमा अध्यक्ष पशुपति शम्शेर जबराको सामाजिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी छन् ।
यसलगत्तै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदनका साथै अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदनमा छलफल हुने नेता भुवन पाठकले जानकारी दिनुभयो ।पार्टी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् ।
आज बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने भोलि बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय राखिएको छ । त्यसपछि मतगणना सुरू हुने छ ।हिजोदेखि सुरु महाधिवेशनमा देशभरिबाट ४ हजार सात सय प्रतिनिधि सहभागी छन् ।