×

Nepali Community

अदालतमा देखिएको विवाद समाधानका लागि आफूले उपाय खोजेर अघि बढने सभामुख सापकोटाको कथन


संसदमा देखिएको गतिरोध र सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि आफूले उपाय खोजेर अघि बढने सभामुख अग्निप्रसाद सापकोटाले बताउनु भएको छ । स्पेनमा सम्पन्न आइपीयू को १४३ औं सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्किनु भएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनु भएको हो । उहाँले संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि कसरी अघि बढ्ने भन्ने विषयमा आफूले उपाय खोजिरहेको र त्यसै अनुसार अघि बढने बताउनु भएको छ ।

स्वदेश बाहिर रहँदा पनि राष्ट्रिय राजनीतिका बारेमा आफूले जानकारी लिइ नै रहेको भन्दै उहाँले स्वदेश फर्किसकेको र पहलकदमी लिने बताउनु भउको छ । लोकतन्त्रको चुनौती सबैलाई समेटेर लैजाने कुरा नै भएको उहाँको भनाइ छ।अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड जानु भएको थियो । सम्मेलनलाई सभामुख सापकोटाले १२ गते सम्बोधन गर्नु भएको थियो ।


More

View All

News

Health

Sports