काठमाडौं । मंसिर १६ गते
बारका अन्य पदाधिकारीले चोरबाटोबाट कुनै पनि वार्ता नगर्न नेतृत्व र न्यायाधीशहरुलाई चेतावनी समेत दिएका छन् । नेपाल बार एसोसियसनका अध्यक्ष र महासचिवले बारमा छलफल र बैठक नगरी सर्वोच्च अदालतका हडताली न्यायाधीशसँग वार्ता गर्न थालेपछि विवाद भएको छ ।
सर्वोच्च अदालत गोला प्रक्रियामा गइसकेपछि पनि ‘नेता न्यायाधीश’ र बार नेतृत्वको मिलेमतोमा न्यायपालिकाको अवरोध कायमै रहेको तथा इजलासमा गइसकेका न्यायाधीशलाई समेत फर्काइएको घटनाले बारमा विवाद बढेको हो ।
आज ािमाजिक सञ्जाल मार्फत बारका कोषाध्यक्ष रुद्र पोखरेलले कार्यसमिति बैठकको निर्णय विना गैरकानूनी वार्तामा सहभागी नहुन अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई चेतावनी दिनु भएको छ । उहाँले न्यायाधीशहरुलाई पनि वार्ताको रहर नगर्न आग्रह गर्नु भउको छ । बारका अन्य पदाधिकारीले चोरबाटोबाट कुनै पनि वार्ता नगर्न नेतृत्व र न्यायाधीशहरुलाई चेतावनी समेत दिएका छन् ।