×

Nepali Community

भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको भूमिमन्त्री शशि श्रेष्ठको भनाई


काठमाडौं । मंसिर १६ गते
भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले दाबी गरेकी छन् ।माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेकी हुन् ।

अघिल्लो सरकारले भूमिहीनका लागि थुप्रै काम गरेको दाबी गरेपनि यथार्थमा त्यसो नरहेको उनको भनाइ छ ।मन्त्री श्रेष्ठले भूमिहीनको समस्या समाधानमा प्रचार अनुसारको १० प्रतिशत काम पनि ओली नेतृत्वको सरकारले गर्न नसकेको आरोप पनि लगाइन् ।माओवादी केन्द्र भोटेकोसी गाउँपालिका सम्मेलनले लाक्पा शेर्पाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ ।

 

 


More

View All

News

Health

Sports