काठमाडौं । मंसिर १६ गते
निवर्तमान झापा सभापति उद्धव थापाले नेपाली कांग्रेसको प्रदेश १ को सभापति पदका लागि पार्टीका उम्मेद्वारी घोषणा गरेका छन्।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश १ को अधिवेशनमा थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।उनले पार्टीको संस्थापन पक्ष र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षको संयुक्त उम्मेद्वारी दिन लागेका हुन्।
केही दिन अघि भएको झापाको निर्वाचनमा भने यी दुवै पक्ष प्रतिष्पर्धी थिए। सिटौला पक्षका उम्मेद्वार देउकुमार थेबेलाई जिताउन मोर्चाको अग्र भागमा थापा उपस्थित थिए। पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा पक्षका राम कट्टेललाई हराउने मोर्चाको भूमिकामा थापा थिए।पार्टीको पौडेल–कोइराला पक्षले भने प्रदेश सभापतिको उम्मेद्वार नाम टुंगो लगाइसकेको छैन।